रुपचन्द्र विष्ट स्मृति दिवस आज, थाहा नगरपालिकामा सार्वजनिक बिदा

थाहा । मकवानपुरको थाहा नगरपालिकाले ‘थाहा’ चिन्तक रुपचन्द्र विष्टको स्मृति दिवसको अवसरमा आज असार ७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

असार ५ गते बसेको नगर कार्यपालिका बैठकले स्मृति दिवसका दिन नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संघसंस्थामा बिदा दिने निर्णय गरेको हो।

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलका अनुसार रुपचन्द्र विष्टले अघि सारेको ‘थाहा’ दर्शन र नागरिक सचेतनाको अभियानप्रति सम्मान व्यक्त गर्दै सार्वजनिक बिदा घोषणा गरिएको हो।

विष्टले आम नागरिकले शासन व्यवस्था, राज्यका संरचना र सरकारी कामकारबाहीबारे जानकारी राख्नुपर्ने अवधारणालाई केन्द्रमा राखेर राजनीतिक तथा वैचारिक अभियान सञ्चालन गरेका थिए। उनकै विचार र योगदानलाई स्मरण गर्दै साविक दामन, पालुङ, बज्रबाराही र चित्लाङ गाउँ विकास समितिलाई समेटेर थाहा नगरपालिका स्थापना गरिएको हो।

नगरपालिकाले स्मृति दिवसलाई विष्टको विचार र योगदानप्रति सम्मान प्रकट गर्ने अवसरका रूपमा लिँदै आएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.