रहेनन् गायिका इन्दिरा गोले

काठमाडौं । वरिष्ठ गायिका इन्दिरा गोलेको निधन् छ । लामो समयदेखि क्यान्सररोगसँग संघर्ष गरिरहेकी उनको बुधबार बिहान करिब २ बजेको समयमा काठमाडौं हातिगौडास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

रेडियो नेपालमा २०४५ सालमा गीत रेकर्ड गरे पछि गीत संगीत क्षेत्रमा नै व्यस्त थिइन्। २०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा. ५ मा जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्।

गोलेले करिब चार दशकभन्दा बढी समय नेपाली गीत संगीत क्षेत्रमा सक्रिय योगदान दिएकी छन् । विशेषगरी तामाङ सेलो र लोकगीत क्षेत्रमा उनले गाएको हजारौं गीत अत्यन्त लोकप्रिय छन् । जाइफुलको बासना, रोङ्कु स्योङ्कु, डाडाको चाहिलाई, मुदिमिर्गेला ङा छरि भ्योन लगायतका अन्य थुप्रै गीतले उनलाई आम नेपाली दर्शक–श्रोता माझ अमिट स्थान दिलाएकी छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.