हेटौँडा जेसीजको जेसिज सप्ताह : रक्तदानदेखि खाद्यान्न वितरणसम्म

हेटौँडा । हेटौँडा जेसीजले जेसिज सप्ताह–२०२५ का अवसरमा विभिन्न सामाजिक तथा युवामुखी कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी मंगलबार कात्तिक १८ गतेदेखि सुरु हुने सो सप्ताहमा रक्तदानदेखि खाद्यान्न वितरणसम्मका गतिविधि समावेश गरिएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा हेटौँडा जेसीजका अध्यक्ष पंकज दास बानियाँले कात्तिक १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने कार्यक्रमहरू समाजसेवा र युवाको सक्रिय सहभागितामार्फत सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको जानकारी दिए।

मूल कार्यक्रम संयोजक सन्तोष पराजुलीका अनुसार, पहिलो दिन कात्तिक १८ गते बिहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम हुनेछ। त्यसपछि बिहान ८ः३० बजे ‘स्लो बाइक’ प्रतियोगिता सञ्चालन गरिनेछ। कात्तिक १९ गते बिहान अन्तर–जेसिज वक्तृत्वकला प्रतियोगिता र दिउँसो भूटनदेवी माध्यमिक विद्यालयमा साइबर सचेतना कार्यक्रम हुने छ।

त्यसैगरी, कात्तिक २० गते विद्यालयस्तरीय हाजिरी–जवाफ प्रतियोगिता जेसिज सचिवालयमा आयोजना हुनेछ, जसमा कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउनेछन्। कात्तिक ২১ गते मकवानपुरगढी–६, गुरदाङस्थित अति विपन्न परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिनेछ।

सप्ताहको अन्तिम दिन कात्तिक २२ गते समापन समारोह आयोजना गरिनेछ। कार्यक्रममा उत्कृष्ट सदस्य र उत्कृष्ट कार्यक्रम संयोजकलाई पुरस्कार प्रदान गरिने मूल कार्यक्रम संयोजक पराजुलीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.