हेटौंडामा तमु ल्होसार पर्वको अवसरमा विविध कार्यक्रम गरी मनाउँदै

हेटौंडा । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा हेटौंडामा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ । कार्यक्रमको तयारी तथा उद्देश्यबारे जानकारी दिन सोमबार  हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष तथा मूल समारोह समिति संयोजक केशव गुरुङले तमु ल्होसार गुरुङ समुदायको मौलिक पहिचान, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै सबै समुदायको सहभागितामा पर्व मनाइने जानकारी दिए ।
त्यस्तै संस्थाका केन्द्रीय सदस्य जंग बहादुर गुरुङल्र कार्यक्रमको रूपरेखा, सांस्कृतिक प्रस्तुतिहरू तथा सामाजिक सद्भाव प्रवर्द्धनमा तमु ल्होसारको भूमिकाबारे प्रष्ट पारेको छ। आयोजना हुने कार्यक्रममा गुरुङ समुदायका मौलिक भेषभूषा, सांस्कृतिक नृत्य, परम्परागत खानाका परिकार तथा शुभकामना आदान–प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.