आज एकै दिन ७ हजार ९ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँ तोकिएको छ।

हिजो सुनको मूल्य २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

आज एकैदिन चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य ४ हजार ९० रुपैयाँ तोकिएको छ भने हिजो चाँदी ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.