सोनाम ल्होछारको अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम हुने

मकवानपुर। नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो ९घोडा वर्ग० सोनाम ल्होछार को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम २८६२ आयोजना हुने आयोजकले बएको छ । मंगलबार समितिले पत्रकार सम्मेलनमा आगामी माघ ३ गते कार्यक्रम हुने जानकारी गराएको समितिका सदस्य अन्जना न्यासुरले विशेष्ट पेष्टलाइ जानकारी दिए । ।

उनका अनुसार उक्त कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिए। तामाङ समुदायको संस्कृति, कला, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताए ।

यसैगरी तामाङ सेलोका चर्चित कलाकार गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायत अन्य कलाकारहरूको गायन प्रस्तुति रहनेछ । साथै विविध सांस्कृतिक नृत्य प्रस्तुति पनि समावेश हुने कार्यक्रमका कलाकार संयोजक एवं समितिका उपाध्यक्ष बिक्रम योञ्जनले जानकारी दिए ।

कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन, ताम्बा–डम्फुरेको प्रस्तुति तथा लामाद्वारा विधिपूर्वक पूजा गरिने उपाध्यक्ष योञ्जनले बताए । कार्यक्रम सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको र वडा नम्बर १ कार्यालयले विशेष सहयोग गरेको आर्थिक संयोजक राज स्याङ्तानले जानकारी दिए ।

आयोजकका अनुसार कार्यक्रम सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रममा गाउँपालिकाको कृषि शाखाले रैथाने बाली, कोदो, फापर, गहुँ लगायतका परिकारको स्टल राखी प्रदर्शन गरिने छ । पत्रकार सम्मेलनमा वडा नम्बर १ का वडा अध्यक्ष आइत सिंह लो , समितिका सल्लाहकार आकाश गोले, राजकुमार गोले र कलाकार बिक्रम लुङबा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.