गृह र नवप्रवर्तन मन्त्रालयमा नयाँ नेतृत्व, मन्त्रिमण्डल १७ सदस्यीय

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका हुन्। दुवै मन्त्रीले मङ्गलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद्को सदस्य संख्या १७ पुगेको छ। सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिमण्डल पुनर्गठन गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

सरकारले आगामी दिनमा सुशासन, सुरक्षा व्यवस्थापन, विज्ञान तथा प्रविधिको विकास र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।

2-26_मन्त्रिपरिषद् हेरफेर तथा शपथ_विज्ञप्ति_IMG_0003

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.