तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद : महिला फुटबलतर्फ मकवानपुरले सेमीफाइनल यात्रा तय

हेटौंडामा जारी तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलतर्फ मकवानपुरले सेमीफाइनल यात्रा तय गरेको छ। शुक्रबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भक्तपुरलाई टाइब्रेकरमा ३–० ले हराउँदै मकवानपुर अन्तिम चारमा पुगेको हो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो। टाइब्रेकरमा मकवानपुरकी गोलरक्षक नायिका बनिन्। उनले भक्तपुरका तीनै खेलाडीले प्रहार गरेका पेनाल्टी बचाउँदै टोलीलाई शानदार जित दिलाइन्।

मकवानपुरका लागि सजिना स्याङ्तानले खेलको २३औँ मिनेटमा अग्रता दिलाएकी थिइन्। तर भक्तपुरले त्यसको दुई मिनेटपछि नै जर्सी नम्बर ९ की खेलाडीमार्फत गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याएको थियो।

यस नतिजासँगै मकवानपुरले सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ। अब उसले धादिङ र चितवनबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टोलीलाई ट्रफीसहित नगद पुरस्कार, स्वर्ण, रजत तथा कांस्य पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.