रास्वपा महाधिवेशनको बन्दसत्र मंगलबारसम्मका लागि स्थगित

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र स्थगित गरिएको छ। महाधिवेशन प्रतिनिधिसम्बन्धी विवाद समाधान हुन नसकेपछि बन्दसत्र निर्धारित समयमा सञ्चालन हुन नसकेको हो।

यसअघि सोमबार बिहानदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको भए पनि प्रतिनिधिको अन्तिम सूची टुंगो नलाग्दा कार्यक्रम स्थगित गर्नुपरेको रास्वपाले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार अब बन्दसत्र मंगलबार बिहानबाट सुरु हुनेछ। बन्दसत्र प्रभावित भएसँगै निर्वाचन कार्यतालिका पनि प्रभावित भएको छ।

बन्दसत्र स्थगित भएपछि महाधिवेशनको समग्र कार्यक्रम एक दिन लम्बिने देखिएको छ। महाधिवेशनबाट पार्टीको नयाँ कार्यसमिति चयन गरिने भएकाले निर्वाचन प्रक्रिया र नेतृत्व चयनको कार्यतालिका समेत पछि सर्ने सम्भावना रहेको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन आइतबार पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ले गरेका थिए।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ भने प्रतिनिधि व्यवस्थापनसम्बन्धी विषय टुंग्याउने प्रयास जारी रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.