
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भएका भट्टलाई शनिबार दिउँसो करिब साढे २ बजे काठमाडौं महानगरपालिका–५ डबली चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं ले जनाएको छ।
परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार सामाजिक सञ्जाल TikTok मा आधारहीन र असत्य सूचना प्रकाशन गरी सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
घटनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा सत्यतथ्य नबुझी सामग्री पोस्ट नगर्न तथा अफवाह फैलाउने कार्य नगर्न सर्वसाधारणलाई सचेतसमेत गराएको छ।
प्रतिकृया दिनुहोस्


































