मध्यपूर्व तनावबीच प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग छलफल, नेपालीको सुरक्षामा सरकार

प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वमा बढ्दो तनावका सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे उच्चस्तरीय जानकारी लिएकी छन्। आइतबार अपराह्न बालुवाटारमा बोलाएर उनले परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रममन्त्री राजेन्द्रसिंह भण्डारीसँग छलफल गरेकी हुन्।

छलफलमा मध्यपूर्वका विभिन्न देशमा विकसित पछिल्लो परिस्थितिबारे समीक्षा गर्दै त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा अवस्था मूल्याङ्कन गरिएको जनाइएको छ। हाल उक्त क्षेत्रमा १७ लाखभन्दा बढी नेपाली बसोबास तथा रोजगारीमा रहेको अनुमान छ।

सरकारले विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै आवश्यक कूटनीतिक पहल र समन्वयलाई तीव्र बनाइएको जनाएको छ।

यसैबीच परराष्ट्र मन्त्रालय ले आइतबार पत्रकार सम्मेलन गरी मध्यपूर्वको अवस्थाबारे जानकारी दिँदै नेपाली नागरिकको सुरक्षाका लागि निरन्तर निगरानी र आवश्यक तयारी भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.