बागमती प्रदेशमा २४८ विद्यालय नर्सका लागि आवेदन खुला

मकवानपुर — बागमती प्रदेश सरकारले “एक विद्यालय, एक नर्स” कार्यक्रम अन्तर्गत २४८ जना विद्यालय नर्सका लागि आवेदन खुला गरेको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले बिहीबार सूचना जारी गर्दै माध्यमिक विद्यालयहरूमा सेवा दिनका लागि करार आधारमा नर्स माग गरेको हो।

निर्देशनालयका अनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया बागमती प्रदेशअन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत सञ्चालन हुनेछ।

छनोट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्तामार्फत गरिनेछ।

योग्यता अनुसार, आवेदकले मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा कम्तीमा प्रमाणपत्र तह (PCL Nursing) उत्तीर्ण गरेको हुनुपर्नेछ।

सरकारले विद्यालय तहमा स्वास्थ्य सेवा सुदृढ गर्न यस कार्यक्रमलाई अघि बढाएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.