“विपद् न्यूनीकरणका लागि नयाँ कदम: मौसम पूर्वानुमान अब सात दिनको”

नेपालमा मौसम पूर्वानुमान सेवा अझ विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग ले हाल तीन दिनसम्म सीमित रहेको पूर्वानुमानलाई बढाएर सात दिनसम्म पुर्‍याउने तयारी थालेको हो।

मौसमजन्य विपद्बाट हुने जनधनको क्षति घटाउने लक्ष्यसहित विभागले प्रविधि सुधारमा जोड दिएको छ। विभागका वरिष्ठ मौसम विज्ञ राजु प्रधानाङ्ग का अनुसार अहिले ‘न्युमेरिकल वेदर मोडलिङ’ प्रयोग गरेर तीन दिनसम्मको पूर्वानुमान नियमित भइरहेको छ, जसलाई छिट्टै सात दिनसम्म विस्तार गरिनेछ।

यससँगै सर्वसाधारणलाई सहज पहुँच दिने उद्देश्यले छुट्टै मोबाइल एप र ‘डिसिजन सपोर्ट सिस्टम’ पनि विकास गरिँदैछ। विभागले स्याटेलाइट, राडार, रेडियोसोण्ड र जमिनमा आधारित केन्द्रहरूबाट तथ्याङ्क संकलन गर्दै आएको छ।

हाल हवाई मौसम सेवा पूर्ण रूपमा डिजिटल भइसकेको छ भने २१ स्थानीय तहमा ‘प्रभावमा आधारित पूर्वानुमान’ लागू भइसकेको छ। सन् २०१० पछि प्रविधिमा उल्लेख्य सुधार भए पनि अझै धेरै काम गर्न बाँकी रहेको विभागको भनाइ छ।

यता जलविज्ञानतर्फ पनि प्रगति भइरहेको छ। विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट रामविकेश राय का अनुसार देशभरका अधिकांश जलस्तर मापन केन्द्रहरू स्वचालित भइसकेका छन्। विशेषगरी नारायणी बेसिनमा बाढी पूर्वानुमानको शुद्धता ९० प्रतिशतसम्म पुगेको छ।

त्यसैगरी, च्छोरोल्पा हिमतालइम्जा हिमताल मा ‘अर्ली वार्निङ सिस्टम’ जडान भइसकेको छ भने थप हिमतालहरूमा पनि यस्तो प्रणाली विस्तार गर्ने योजना छ।

तर, सेवा विस्तारको योजनामा प्रविधि अभाव, बजेट कटौती र कठिन भूगोल चुनौतीका रूपमा देखिएका छन्। जलवायु परिवर्तनका कारण बढ्दो मौसमीय अनिश्चितताले पनि पूर्वानुमान कार्यलाई थप जटिल बनाएको विज्ञहरू बताउँछन्।

विशेषगरी दुर्गम क्षेत्रका समुदायसम्म सूचना पुर्‍याउन साइरन र लाउडस्पिकरजस्ता माध्यम प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.