नेपालमा इन्धनको मूल्य फेरि वृद्धि, पेट्रोल–डिजेल प्रतिलिटर १५ रुपैयाँ महँगो

नेपालमा इन्धनको मूल्य पुनः वृद्धि भएको छ। नेपाल आयल निगम ले हालै मात्रै मूल्य समायोजन भएको एक हप्तामै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमका अनुसार, बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको छ। यो मूल्यवृद्धि मुख्यतया अन्तर्राष्ट्रिय बजारमा इन्धनको लगातार बढ्दो मूल्यलाई आधार मान्दै गरिएको हो।

निगमले विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा इन्धन महँगिँदै गएको उल्लेख गरेको छ। निगमलाई प्रत्येक पन्ध्र दिनमा झण्डै १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको र यस परिस्थितिमा मूल्य समायोजन अपरिहार्य भएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.