नेपाल आयल निगम: अनावश्यक सवारीसाधन प्रयोग नगर्न उपभोक्तालाई आग्रह

नेपाल आयल निगमले इन्धन बचतप्रति उपभोक्तामा सचेतना जगाउने उद्देश्यले आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले मन्त्रालयको निर्णयअनुसार सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा रहेको बेला अनावश्यक रूपमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरेका छन्।

“बिदा पायौँ भनेर गाडी निकालेर घुम्न नजानुहोस्, जे भए पनि इन्धनको खपत घटाउनुपर्छ। यसमा जनताको भूमिका महत्वपूर्ण छ,” ठाकुरले बताए।

उनका अनुसार, हाल निगमले प्रति लिटर करिब रु. १२० घाटा बेहोर्दै आएको छ। पेट्रोलियम पदार्थको आपूर्ति संकट बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो। निगमले उपभोक्तालाई अत्यावश्यक कामबाहेक इन्धनको प्रयोग नगर्न पनि अनुरोध गरेको छ।

सरकारको यो कदम इन्धन बचत र आपूर्ति व्यवस्थापनको दृष्टिले सकारात्मक ठहरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.