टिष्टुङ रिसोर्टमा स्वीमिङ पुल सञ्चालन, पर्यटकलाई नयाँ आकर्षण

मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकास्थित टिष्टुङ रिसोर्टले आफ्ना सेवामा थप विस्तार गर्दै स्वीमिङ पुल सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रमबीच नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने र होटल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारी ले संयुक्त रूपमा स्वीमिङ पुलको उद्घाटन गर्नुभयो।

थाहा नगरपालिका–६ मा अवस्थित रिसोर्टमा यसअघि उपलब्ध आवास, खानपान र प्राकृतिक सौन्दर्यको अनुभवसँगै अब जल मनोरञ्जनको सुविधा पनि थपिएको छ। उद्घाटन समारोहमा बोल्दै लामिछानेले काठमाडौँबाट सहज पहुँचमा रहेको टिष्टुङ–चित्लाङ क्षेत्र ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य भएको उल्लेख गर्नुभयो। उहाँले रिसोर्टको नयाँ सेवाले थाहा नगरको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा महासंघ अध्यक्ष भण्डारीले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै रिसोर्टले सञ्चालनमा ल्याएको स्वीमिङ पुलले पर्यटक आकर्षित गर्न थप मद्दत गर्ने बताउनुभयो। उहाँले स्थानीय सरकारले पर्यटनमैत्री नीति र कार्यक्रम ल्याए यस क्षेत्रको समग्र विकासमा अझ सकारात्मक प्रभाव पर्ने धारणा राख्नुभयो।

रिसोर्टका अध्यक्ष हरिगोपाल श्रेष्ठ ले अतिथिहरूलाई स्वागत गर्दै पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा पर्यटन व्यवसायी, स्थानीय संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

नयाँ स्वीमिङ पुल सञ्चालनसँगै टिष्टुङ रिसोर्ट थाहा नगर भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.