मकवानपुर प्रहरीद्धारा चोरी गरी नगद तथा गरगहना लैजाने व्यक्ति पक्राउ

मकवानपुर प्रहरीले चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हेटौँडा उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट चोरीका सामानसहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको हो ।

प्रहरीका अनुसार जेठ ३ गते राति करिब ११ः३० बजे हेटौँडा–४ बसपार्कस्थित एक घरमा चोरी भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । अनुसन्धानका क्रममा मकवानपुर गढी गाउँपालिका–७ घर भई हाल हेटौँडा–४ बस्ने ३० वर्षीय उत्तम विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट सुनजस्तो देखिने विभिन्न गरगहना, मोबाइल, नगद तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामग्रीमा सुनजस्तो देखिने औँठी, सिक्री, लकेट, चाँदीजस्तो देखिने पाउजु, मोबाइल फोन, झोला तथा नगद २ हजार २५० रुपैयाँ रहेका छन् ।

प्रहरीले पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.