आइफोन चोरी भए केही क्षणमै स्वतः लक हुने नयाँ सुरक्षा फिचर ल्याउँदै एप्पल

एप्पलले आइफोन चोरी हुनबाट जोगाउन नयाँ र प्रभावकारी सुरक्षा फिचर ल्याउने तयारी गरेको छ। कम्पनीले मोबाइल चोरी वा खोसिएको अवस्थालाई छिट्टै पहिचान गरी फोन स्वतः लक हुने प्रणाली विकास गरिरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हाल एप्पलले ‘फाइन्ड माइ’, ‘एक्टिभेसन लक’ र ‘स्टोलन डिभाइस प्रोटेक्सन’ जस्ता सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको भए पनि चोरी भएका मोबाइल फेला पार्न वा सुरक्षित राख्न ती प्रणाली पर्याप्त प्रभावकारी नभएको गुनासो आउने गरेको छ।

नयाँ फिचर लागू भएपछि कसैले आइफोन तीव्र गतिमा तानेर लैजान खोजेमा फोनले त्यसलाई असामान्य गतिविधि मानेर तुरुन्तै स्वतः लक गर्नेछ। त्यसपछि फोन पुनः सञ्चालन गर्न प्रयोगकर्ताको फेस अथेन्टिकेसन आवश्यक पर्नेछ।

एप्पल स्टोरमा राखिने डेमो ह्यान्डसेटमा प्रयोग हुने सुरक्षा प्रणालीजस्तै प्रविधि अब सामान्य आइफोनमा समेत प्रयोग गरिने बताइएको छ। यसले अनधिकृत व्यक्तिलाई फोनको डाटा वा सेटिङमा पहुँच पाउन कठिन बनाउने कम्पनीको दाबी छ।

रिपोर्टअनुसार एप्पलले फोन चोरी भएको पहिचान गर्न विभिन्न प्रकारका सिग्नल र गतिविधिको विश्लेषण गर्नेछ। मोबाइल खोसिएको वा अस्वाभाविक तरिकाले चलाइएको अवस्थामा सुरक्षा प्रणाली स्वतः सक्रिय हुनेछ।

एप्पलले यसै वर्ष नयाँ ‘आइफोन १८’ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ। नयाँ सिरिजमा अत्याधुनिक चिपसेटसहित विभिन्न नयाँ सुरक्षा फिचर समावेश हुने बताइएको छ।-एजेन्सी ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.