यही वर्ष चल्ने तयारीमा हेटौँडा कपडा र बुटवल धागो उद्योग, कपासखेतीलाई पनि सँगसँगै अघि बढाइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी ले लामो समयदेखि रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योगबुटवल धागो उद्योग लाई चालु आर्थिक वर्षभित्र पुनः सञ्चालनमा ल्याइने बताएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेटमाथि उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री कुमारीले उद्योग पुनः सञ्चालनसँगै कपासखेती विस्तारको कार्यक्रम पनि समानान्तर रूपमा अघि बढाइने जानकारी दिइन्।

उनका अनुसार कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थको सुनिश्चितता गर्न कपासखेतीलाई उद्योगसँग जोडेर अगाडि बढाइनेछ। रुग्ण उद्योगमध्ये हेटौँडा कपडा उद्योगलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने योजना रहेको उनले स्पष्ट पारिन्।

मन्त्री कुमारीले स्वदेशी उत्पादन र औद्योगिक पुनर्जागरणलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने प्रक्रिया पनि कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जानकारी दिइन्।

सरकारले बन्द अवस्थामा रहेका उद्योगहरू पुनर्जीवित गरी रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा औद्योगिक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.