त्रिभुवन माविको पीटीए अध्यक्षमा रामकृष्ण बस्नेत पुनः निर्वाचित

हेटौंडा, असार ६ – हेटौंडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको अभिभावक–शिक्षक संघ (पीटीए) अध्यक्षमा रामकृष्ण बस्नेत पुनः चयन भएका छन्। उनी लगातार तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।

विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको संयुक्त भेलाले बस्नेतसहित पीटीएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित समितिका सदस्यहरूमा छविलाल वाइबा, देवकी खड्का, खेमकुमारी तिमल्सिना, अम्बिका पाठक, शंकर दाहाल, कल्पना सापकोटा र पुष्पा थापा रहेका छन्।

वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार दीपक उप्रेती, प्रधानाध्यापक रामकुमार बर्तौला, सदस्यहरू गोविन्दप्रसाद न्यौपाने, जनक लामिछाने, बद्री लम्साल, जमुना राई, सहायक प्रधानाध्यापक बैकुण्ठ नेपाल तथा शिक्षिका शर्मिला ढकाललगायत शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।

भेलाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अभिभावक–विद्यालय सम्बन्ध सुदृढीकरण तथा आगामी शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.