बागमतीका पत्रकार सामाजिक सुरक्षा कोषमा आबद्ध हुने, बजेटमा १ करोड विनियोजन

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभर क्रियाशील पत्रकारहरूको पेसागत सुरक्षा र सामाजिक संरक्षणलाई प्राथमिकतामा राख्दै सामाजिक सुरक्षा कोष तथा बिमा कार्यक्रममा आबद्ध गराउने तयारी गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमाको दायरामा ल्याउन एक करोड रुपैयाँ विनियोजन गरेको हो। यो कार्यक्रमले पत्रकारहरूको पेशागत जोखिम न्यूनीकरण तथा भविष्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर का अनुसार बागमती प्रदेशका १३ जिल्लामा दुई हजार पाँच सयभन्दा बढी पत्रकार सक्रिय छन्। उनले सरकारले ल्याएको कार्यक्रमलाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

उनले पत्रकारको सामाजिक सुरक्षासँगै सञ्चार क्षेत्रको विकास, सुदृढीकरण र प्रवर्द्धनका लागि बजेटमा समेटिएका अन्य कार्यक्रमहरू पनि प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताए।

प्रदेश सरकारले पत्रकारलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने घोषणा गरेसँगै सञ्चारकर्मीको पेशागत हकहित र कल्याणमा नयाँ आशा जागेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.