एमबीबीएस कोटा बढाउन सरकार सकारात्मक, बीपी प्रतिष्ठानमा १५० सिट पुर्‍याउने प्रस्ताव

सरकारले सरकारी चिकित्सा शिक्षा अध्ययन संस्थाहरूमा एमबीबीएस विद्यार्थी भर्ना कोटा वृद्धि गर्ने विषयमा सकारात्मक धारणा व्यक्त गरेको छ। विशेषगरी बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा हाल रहेको १०० सिटको कोटा बढाएर १५० पुर्‍याउने प्रस्तावप्रति सरकार सहमत देखिएको छ।

प्रतिनिधिसभामा सांसद हर्कराज राई ले प्रतिष्ठानको भर्ना क्षमता विस्तार गर्नुपर्ने विषय उठाएपछि सरकारका तर्फबाट जवाफ दिँदै शिक्षा मन्त्री सस्मित पोखरेल ले कोटा वृद्धि आवश्यक रहेको र यस विषयमा सरकार गम्भीर रहेको बताएका हुन्।

मन्त्री पोखरेलका अनुसार बीपी प्रतिष्ठान मात्र नभई देशभरका अन्य मेडिकल कलेजहरूको भर्ना क्षमता विस्तार गर्ने विषयमा निरन्तर छलफल भइरहेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि चिकित्सा शिक्षासम्बन्धी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता समेटिएको उनले बताए।

सरकारले प्रतिष्ठानहरूको आर्थिक सुदृढीकरणका लागि विदेशी विद्यार्थी भर्नालाई पनि प्राथमिकतामा राखेको जनाएको छ। विगतमा विदेशी विद्यार्थीहरूको उल्लेख्य सहभागिताले संस्थाको आम्दानीमा महत्वपूर्ण योगदान पुर्‍याएको भए पनि हालको सीमित व्यवस्थाका कारण आर्थिक पक्ष प्रभावित भएको व्यवस्थापन पक्षको गुनासो रहेको सरकारको भनाइ छ।

यसै सन्दर्भमा विदेशी विद्यार्थी भर्नासम्बन्धी नीतिमा आवश्यक सुधार गर्ने विषयमा सरकार छलफलमा रहेको बताइएको छ। सांसदहरूले दिएका सुझावलाई सकारात्मक रूपमा लिँदै कोटा वृद्धि, शैक्षिक क्षमता विस्तार तथा संस्थागत सुदृढीकरणका कार्यक्रम अघि बढाइने सरकारको प्रतिबद्धता छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.