हेटौंडा। एएचएफ नेपाल–हेटौंडाको आयोजनामा बुधवार हेटौंडामा अर्धवार्षिक समीक्षा तथा सरोकारवाला बैठक सम्पन्न भएको छ। बैठकमा एएचएफ नेपालका प्रतिनिधि तथा परामर्शदाता अमृत लामिछानेले जनवरीदेखि मे २०२६ सम्मको कार्यक्रमगत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुतिकरणमार्फत एएचएफ नेपालद्वारा हेटौंडा अस्पतालस्थित एआरटी क्लिनिकमा सञ्चालित एचआईभी रोकथाम, परीक्षण, उपचार, हेरचाह तथा सहयोग सम्बन्धी कार्यक्रमहरूको लक्ष्य र उपलब्धिको समीक्षा गरिएको थियो।
प्रस्तुत विवरणअनुसार एचआईभी परीक्षण, नयाँ संक्रमितको पहिचान, उपचारमा नयाँ भर्ना, उपचार निरन्तरता तथा भाइरल लोड परीक्षणलगायत अधिकांश सूचकहरूमा उत्साहजनक उपलब्धि हासिल भएको जानकारी दिइयो। साथै आवश्यक सेवाग्राहीहरूलाई यातायात, पोषण, औषधि तथा प्रयोगशाला परीक्षण सहयोग उपलब्ध गराइएको उल्लेख गरिएको थियो।
कार्यक्रमको अध्यक्षता हेटौंडा अस्पतालका निमित्त निर्देशक डा। हरि बहादुर खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सबिन न्यौपानेको उपस्थिति रहेको थियो।कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि, हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी, स्थानीय तहका प्रतिनिधि तथा एचआईभीरएड्सको क्षेत्रमा क्रियाशील विभिन्न सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष श्री सबिन न्यौपानेले एएचएफ नेपालले एचआईभीको क्षेत्रमा सक्रिय र प्रभावकारी रूपमा काम गरिरहेको भन्दै संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार एचआईभी सम्बन्धी नीति निर्माण, जनचेतना अभिवृद्धि तथा सेवा विस्तारका विषयमा सधैं छलफल र सहकार्यका लागि तयार रहेको बताउनुभयो। साथै, एचआईभी संक्रमित व्यक्तिहरूको जीवनस्तर सुधार तथा सेवामा पहुँच विस्तार गर्न एएचएफ नेपालले निरन्तर काम गरिरहनुपर्नेमा जोड दिनुभयो।
बैठकमा एचआईभी क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था तथा सरोकारवालाबीच समन्वय, सहकार्य, चुनौती, सिकाइ तथा आगामी योजनाबारे विस्तृत छलफल भएको थियो। सहभागीहरूले सेवाको गुणस्तर अभिवृद्धि, उपचारमा निरन्तरता, तथा स्थानीय तहसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यालय स्वास्थ्य कार्यक्रम, मनोसामाजिक परामर्श सेवा, उपचार निरन्तरताका लागि घरभेट तथा फलोअप प्रणाली, तथा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसँग समन्वय गरी योग्य महिला सेवाग्राहीहरूलाई ख्क्ष्ब् परीक्षण सेवासँग जोड्ने जस्ता नवीन अभ्यासहरूको समेत जानकारी साझा गरिएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष तथा हेटौंडा अस्पतालका निमित्त निर्देशक डा। हरि बहादुर खड्काले सीमित स्रोत–साधनका बीचमा पनि उपलब्ध स्रोतहरूको अधिकतम उपयोग गर्दै प्रभावकारी सेवा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले हेटौंडा अस्पतालमा एचआईभी सम्बन्धी सेवाहरूलाई थप विस्तार गर्ने लक्ष्य रहेको बताउँदै भविष्यमा भाइरल लोड परीक्षण, ड्राइड ब्लड स्पट ९म्द्यक्० तथा भ्बचथि क्ष्लाबलत म्ष्बनलयकष्क ९भ्क्ष्म्० जस्ता महत्वपूर्ण सेवाहरू हेटौंडा अस्पतालबाटै सञ्चालन गर्न पहल भइरहेको जानकारी दिनुभयो।
उहाँले अस्पतालको सेवा तथा पूर्वाधार विस्तारसँगै एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सम्बन्धी सेवाहरूलाई समेत थप सुदृढ र विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। साथै, सरकार, अस्पताल, एएचएफ नेपाल तथा अन्य सरोकारवाला निकायबीचको सहकार्यले एचआईभी नियन्त्रण तथा गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
बैठकले एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवाको प्रभावकारी कार्यान्वयनका लागि बहुपक्षीय समन्वय, साझेदारी तथा स्थानीय स्वामित्वलाई थप मजबुत बनाउने निष्कर्ष निकालेको थियो।
























