एमालेको समर्थन फिर्तासँगै बागमती सरकार अल्पमतमा

हेटौंडा । बागमती प्रदेशको सत्ता समीकरणमा महत्वपूर्ण परिवर्तन आएको छ। नेकपा एमालेले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको सरकार संकटमा परेको छ।

बुधबार एमालेका नेताहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष समर्थन फिर्ताको पत्र बुझाएका हुन्। प्रदेश सरकारमा सहभागी एमालेका छ मन्त्रीमध्ये पाँच जना पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। मन्त्री किरण थापामगर काठमाडौंमा रहेका कारण उपस्थित हुन नसकेको जनाइएको छ।

एमालेले समर्थन फिर्ता लिएसँगै सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता बोलाउने प्रक्रिया अघि बढाएको छ। मुख्यमन्त्री इन्द्र बानियाँ चितवनबाट हेटौंडा फर्किएपछि मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।

एमाले सरकारबाट बाहिरिएपछि बागमती प्रदेशमा कांग्रेस नेतृत्वको सरकारको बहुमत गुम्ने अवस्था सिर्जना भएको छ। अब सरकारको भविष्य र नयाँ सत्ता समीकरणबारे राजनीतिक दलहरूको गतिविधि थप तीव्र हुने देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.