माध्यामिक शिक्षा परीक्षा (एसइई) सरेको छ। फागुन २१ गते हुने निर्वाचनका कारण परीक्षा सरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अनुसार अब एसइई परीक्षा चैत १९ गतेदेखि सुरु हुनेछ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
यसअघि हरेक वर्ष एसइई परीक्षा चैतको पहिलो सातादेखि सुरु हुँदै आएको थियो। तर, यस वर्ष निर्वाचन परेकाले परीक्षा तालिका परिवर्तन गर्नुपरेको बोर्डले स्पष्ट पारेको छ।
यस वर्ष देशभरबाट कुल ५ लाख १७ हजार विद्यार्थीले एसइई परीक्षाका लागि आवेदन फाराम भरेका छन्।
प्रतिकृया दिनुहोस्

















