माइग्रेन सामान्य टाउको दुखाइ भन्दा फरक, स्नायु प्रणालीसँग सम्बन्धित एपिसोडिक समस्या हो। यसमा प्रायः टाउकोको एकतिर तीव्र र धड्किने दुखाइ हुने गर्दछ। उज्यालो, आवाज र हल्लाप्रति संवेदनशीलता, वाकवाकी, बान्ता जस्ता लक्षण पनि देखिन्छन्।
विश्वव्यापी तथ्याङ्कअनुसार करिब १५% महिला र ६% पुरुष हरेक वर्ष माइग्रेनबाट ग्रस्त हुन्छन्। नेपालमा करिब १०–१२% वयस्कमा यो समस्या रहेको अनुमान छ। महिलामा हर्मोनल उतार–चढाव र इस्ट्रोजेनको प्रभावले माइग्रेन बढी देखा पर्छ।
कारणहरू:
-
वंशानुगत: परिवारमा माइग्रेन भएको खण्डमा सम्भावना दोब्बर।
-
केमिकल असन्तुलन: मस्तिष्कमा सेरोटोनिन कम हुनु।
-
हर्मोनल परिवर्तन: महिनावारी, गर्भावस्था, मेनोपज।
-
तनाव र निद्रा: मानसिक/शारीरिक तनाव वा अनियमित निद्रा।
-
खानपान: कफी, चकलेट, रक्सी, प्रोसेस्ड मीट, MSG युक्त खाना।
-
वातावरण: झिलिमिली उज्यालो, ठुलो आवाज, कडा गन्ध, मौसम परिवर्तन।
लक्षणका चरणहरू:
-
पूर्व लक्षण: मूड परिवर्तन, थकान, भूखको परिवर्तन।
-
अउरा चरण: दृष्टि धमिलो, चम्किला बिन्दु, हातखुट्टा झमझम।
-
मुख्य दुखाइ: टाउकोको एकतिर/दुवैतिर धड्किने दुखाइ, वाकवाकी, उज्यालो/आवाज सहन गाह्रो।
-
दुखाइपछिको चरण: कमजोरी, मानसिक थकान, हल्का चक्कर।
रोकथामका उपाय:
-
शान्त, अँध्यारो कोठामा आराम।
-
नियमित सुत्ने–उठ्ने तालिका।
-
पर्याप्त पानी र सन्तुलित आहार।
-
माइग्रेन ट्रिगर हुने खानेकुराबाट टाढा।
-
योग, ध्यान र गहिरो श्वासप्रश्वास अभ्यास।
-
मोबाइल/कम्प्युटर स्क्रिन लामो समय हेर्न नहुने।
-
दैनिक ३० मिनेट हल्का व्यायाम।
-
डाक्टरको सल्लाहअनुसार औषधि।
-
माइग्रेन डायरी राख्ने।
-
धुम्रपान, मद्यपान, चर्को घाम र धेरै बास्ना आउने वस्तुबाट टाढा।
माइग्रेन सामान्य टाउको दुखाइ होइन, जीवनशैली र सावधानी अपनाएर यसको प्रभाव कम गर्न सकिन्छ।


































