मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। दुर्घटना शुक्रबार राति करिब ११ः४० बजे भएको हो।
प्रहरीका अनुसार हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४१५ नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ ख ४७६८ नम्बरको यात्रुबाहक बस ठोक्किएका हुन्।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय मनहरी बाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको थियो। घाइतेमध्ये २ जनाको अवस्था मध्यम र १२ जनाको सामान्य रहेको बताइएको छ।
सबै घाइतेको सीएमसी चुरेहिल अस्पताल मा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न ट्रकलाई सडक किनारमा सारिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्


































