आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु

आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ ।

त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ । २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो ।

साताव्यापी सार्वजनिक बिदा भएसँगै निर्वाचनको लागि गाउँ फर्कनेहरू बढेका छन् । काठमाडौँ उपत्यकाका मुख्य नाका तथा बसपार्कहरूमा यात्रुको भिड लाग्न थालेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.