पोखरा मा नेपाल जेसीज को काउन्सिलर एकेडेमी २०२६ सम्पन्न भएको छ। पोखरा जेसीज को आतिथ्यतामा आयोजित कार्यक्रममा देशभरका १६७ शाखाका अध्यक्ष तथा राष्ट्रिय पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय अध्यक्ष जीवन कार्की ले ‘प्रोजेक्ट संकल्प २०२६’ प्रस्तुत गर्दै युवाहरूलाई व्यवहारिक नेतृत्व, व्यक्तिगत विकास र सामाजिक उत्तरदायित्वमा केन्द्रित हुन आग्रह गरे।
एकेडेमीको उद्घाटन सुरेन्द्रराज पाण्डे ले गर्दै युवाहरूलाई सक्षम नेतृत्वमार्फत समाज रूपान्तरणमा सक्रिय भूमिका खेल्न आह्वान गरे। कार्यक्रममा रुद्रदेवी शर्मा, मणिराम लमिछाने लगायतको उपस्थिति रहेको थियो।
मुख्य प्रशिक्षकका रूपमा लालमणि भण्डारी सहित अन्य प्रशिक्षकहरूले नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि र सञ्जाल विस्तारका विषयमा प्रशिक्षण दिएका थिए। सहभागीहरूलाई प्रमाणपत्र तथा ‘संकल्प पुरस्कार’ समेत प्रदान गरिएको थियो।
आयोजकका अनुसार, एकेडेमीले युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्दै सहकार्य र सामाजिक प्रतिबद्धता सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।























































