हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिकृया दिनुहोस्























































