ललितपुरमा प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। हेटौंडाबाट भैंसेपाटीतर्फ जाँदै गरेका उनीहरूलाई नियमित जाँचका क्रममा पक्राउ गरिएको हो।
बुधबार बिहान बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा छपेली क्षेत्रमा प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको टोलीले मोटरसाइकल रोकेर जाँच गरेको थियो। सो क्रममा बा ८६ प ४००९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको साथबाट ७ किलो ५ सय २४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–४ निवासी ३७ वर्षीया सुन्तली तामाङ रहेको पुष्टि भएको छ भने अर्का व्यक्तिको परिचय खुलाइएको छैन।
बरामद लागूऔषधसहित दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्























































