अब सार्वजनिक बिदाको दिन पनि विदेशमा सामान पठाउन वा विदेशबाट आएको सामान छुटाउन समस्या नहुने भएको छ। काठमाडौंको डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयले यसअघि बिदामा सेवा दिँदै आए पनि भन्सार र बैंक नखुल्दा सेवाग्राहीले झन्झट व्यहोर्नुपर्थ्यो।
यस समस्यालाई ध्यानमा राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा हुलाक सेवा विभाग र भन्सार विभागबीच समन्वय अघि बढाइएको छ। अब भन्सार जाँचपास र राजस्व भुक्तानीका लागि आवश्यक सबै निकाय सार्वजनिक बिदामा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
हुलाक सेवा विभागका अनुसार, अन्तर्राष्ट्रिय कुरियर तथा पार्सल सेवामा बिदाको दिनमा देखिएको अवरोध हटेपछि सेवाग्राहीले सहज र छिटो सेवा पाउनेछन्। यसले सेवाको गुणस्तर मात्र होइन, राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्























































