मकवानपुरमा अर्काको नाममा एसइई परीक्षा दिन आएको नक्कली परीक्षार्थी पक्राउ

मकवानपुरमा माध्यमिक शिक्षा परीक्षा (एसइई)का क्रममा अर्काको नाममा परीक्षा दिन आएको एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शुक्रबार बिहान करिब ८ बजे हेटौँडा–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका–४ घर भई हाल हेटौँडामा अध्ययनरत १८ वर्षीय बिराज विक रहेका छन्। उनी हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा विकले अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको छ। प्रहरीले थप अनुसन्धान गर्दा उनले हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका १९ वर्षीय अंकिश श्रेष्ठको नाममा परीक्षा दिन खोजेको पुष्टि भएको जनाएको छ।

घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.