मकवानपुर मा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत १८ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दी, अवाञ्छित गतिविधि तथा सर्वसाधारणलाई दुःख दिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा स्थानीय युवादेखि मध्यम उमेर समूहसम्मका व्यक्तिहरू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी ले अभियान अन्तर्गत शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि नियन्त्रण गर्न यस्तो कदम चालिएको जानकारी दिए। उनका अनुसार यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइने र आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
प्रहरीले समुदायमा सुरक्षा अनुभूति कायम गर्न यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।























































