आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका ६ जिल्लाबाट उम्मेदवार समेटेर समानुपातिक बन्दसूची बुझाएको छ ।
निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रास्वपाले बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिन्धुपाल्चोक र नुवाकोटबाट मात्र उम्मेदवार समेटेको छ। काभ्रे, धादिङ, मकवानपुर, रामेछाप, दोलखा, रसुवा र सिन्धुलीबाट कुनै उम्मेदवार छैनन्।
सभापति रवि लामिछानेको क्षेत्र चितवनबाट सबैभन्दा बढी १९ जना उम्मेदवार छन्। त्यसपछि काठमाडौं (५), ललितपुर (४), भक्तपुर (३), सिन्धुपाल्चोक (२) र नुवाकोट (१) जना छन्। सूचीमा खस आर्य र आदिवासी जनजाति समूहको बाहुल्यता देखिन्छ भने मधेशी र दलित कोटाबाट पनि प्रतिनिधित्व गरिएको छ।
प्रतिकृया दिनुहोस्






















































