मकवानपुरमा १ सय ९ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको पिकअप गाडी जाँच गर्दा १०९ किलोभन्दा बढी गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार बा.प्र.०१–०२६ च ४८९३ नम्बरको योद्धा पिकअप गाडीको पछाडिको भागमा त्रिपालले ढाकेर प्लास्टिकमा बेरिएका १५ वटा पोकामा लुकाइछिपाइ राखिएको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको हो।

घटनामा संलग्न रहेको आरोपमा धादिङको गजुरी नगरपालिका–७ किरानचोक निवासी ४१ वर्षीय सुमन तामाङ र गाडीमा सवार १९ वर्षीय ईरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। बरामद गाँजा र पिकअप गाडीसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय मनहरीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.