धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाण्डौ फर्कियो

काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स को जहाज गन्तव्य विमानस्थलमा अवतरण गर्न नसकेपछि गएराति पुनः काठमाण्डौ फर्किएको छ। अवतरणका लागि पटक–पटक प्रयास गर्दा पनि सम्भव नभएपछि जहाज राति करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।

राति पौने १० बजे काठमाण्डौबाट उडेको उक्त उडानमा चालक दलका सदस्यसहित ८० जना सवार थिए। धनगढी विमानस्थलमा अवतरण हुन नसक्दा यात्रुहरू अलपत्र परेका छन्।

एयरलाइन्सका कर्मचारीका अनुसार टिकट फिर्ता गर्न चाहने यात्रुलाई रकम फिर्ता गरिनेछ भने यात्रा जारी राख्न चाहनेहरूलाई आज बिहानको पहिलो उडानमार्फत धनगढी पठाइने व्यवस्था मिलाइएको छ।

अवतरण असफल हुनुको कारणबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। यात्रुको सुरक्षा प्राथमिकतामा राख्दै जहाज काठमाण्डौ फर्काइएको एयरलाइन्सले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.