काठमाडौं–१ मा रञ्जु न्यौपानेलाई १३ हजार ५९१ मत, विजयी घोषणा तयारी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने अग्रस्थानमा रहेकी छन्। उनले हालसम्म १३ हजार ५९१ मत प्राप्त गरेकी छन्।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ५ हजार ६९६ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ५०७ मत ल्याएका छन्।

हालसम्म कुल २६ हजार २१६ मत गणना गरिएको छ। तीमध्ये २५ हजार ६०० मत सदर भएका छन् भने ६१६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.