मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु गरिएको छ। मतगणना मनहरी गाउँपालिका–९ बाट सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ। उक्त वडामा कुल २ हजार १ सय ९१ मत खसेको थियो।
जिल्लाभरि रहेका ३ लाख १५ हजार ३ सय ३४ मतदातामध्ये १ लाख ८६ हजार ५५१ मत खसेको थियो, जुन करिब ५९ प्रतिशत हो।
निर्वाचन क्षेत्र नम्बर १ मा रहेका १ लाख ५८ हजार ४ सय ३५ मतदातामध्ये ९५ हजार ३ सय १० मत खसेको थियो। त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८ सय ९९ मतदातामध्ये ९१ हजार २ सय ४१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
क्षेत्र नम्बर २ मा मतगणना सुरु भइसकेको छ भने क्षेत्र नम्बर १ मा पनि मतगणनाको तयारी भइरहेको छ।
प्रतिकृया दिनुहोस्






















































