मनहरी–९ मा रास्वपाको घण्टीलाई भारी अग्रता

मकवानपुर। मकवानपुर क्षेत्र नम्बर–२ अन्तर्गत मनहरी गाउँपालिका–९ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीले भारी अग्रता लिएको छ।
सार्वजनिक मतपरिणाम अनुसार घण्टीले १,१४३ मत प्राप्त गरेको छ। यस्तै सूर्यले ३०० मत, रुखले २७६ मत र ताराले १८४ मत प्राप्त गरेका छन्।यसैगरी हलोले ५३ मत, चिमले ४३ मत, माटोले ३२ मत, ट्रफी र भालेले १०/१० मत, आँखाले ३ मत तथा गुलाफले २ मत प्राप्त गरेका छन्। जयस वडामा ११५ मत बदर भएको छ।

मनहरी–९ बाट सुरु भएको मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.