मकवानपुरमा हाईस दुर्घटना: एक जनाको अवस्था गम्भीर

मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्ती क्षेत्रमा आज बिहान करिब ११:२० बजे एउटा हाईस गाडी दुर्घटनामा परेको छ। काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ७८७६ नम्बरको गाडी अचानक ब्रेक फेल भएपछि सडक किनारको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

गाडीमा चालकसहित १० जना सवार थिए। दुर्घटनापछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक प्रेम तामाङको नेतृत्वमा ६ जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा ३ जना घाइते भएका छन्। उदयपुर त्रियुगा नगरपालिका–११ का ८६ वर्षीय गोरे राई गम्भीर घाइते भएका छन्। ब्रेक फेल भएपछि गाडीबाट हाम फाल्ने क्रममा पछाडिको टायरले कुल्चिँदा उनको टाउकोमा गम्भीर चोट लागेको हो।

त्यस्तै, उनकी छोरी ६२ वर्षीया हर्क माया राईको निधार र दाहिने हातमा मध्यम चोट लागेको छ भने त्रियुगा नगरपालिका–१० का शम्भु कटुवालको टाउकोमा पनि मध्यम चोट लागेको छ।

घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। अन्य यात्रुहरू सामान्य घाइते भई आफैं उपचारका लागि गएका छन्।

दुर्घटनापछि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। गाडी घटनास्थलमै रहेको छ भने चालक हालसम्म सम्पर्कमा आएका छैनन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.