मनहरीलाई आध्यात्मिक र पर्यटकीय केन्द्र बनाउन सकिन्छ : दिनबन्धु पोखरेल

मनहरी, १९ जेठ । वाचन प्रविण दिनबन्धु पोखरेलले मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनकामना मन्दिर परिसरको अवलोकन गर्दै यस क्षेत्रलाई आध्यात्मिक, वातावरणीय तथा पर्यटकीय हबका रूपमा विकास गर्न सकिने बताएका छन्।

अवलोकन भ्रमणपछि मनकामना सनातन धर्म संरक्षण संस्थाका पदाधिकारी तथा स्थानीय अगुवासँगको अन्तरक्रियामा उनले मनकामना मन्दिरको ऐतिहासिक र धार्मिक महत्वलाई थप उजागर गर्न ‘मनकामना धाम’को अवधारणासहित अघि बढ्नुपर्नेमा जोड दिए।

योगी नरहरिनाथले कोटीहोम गरेको पवित्र स्थलको स्मरण गर्दै पोखरेलले बुद्ध दर्शन र वैदिक दर्शनलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त धनी देश भएको उल्लेख गर्दै उनले उत्तरतर्फ देवभूमिको अस्तित्व र लुम्बिनीमा भगवान बुद्धको जन्मस्थल रहेको तथ्यले नेपालको गौरव विश्वभर फैलिएको बताए।

उनले मनकामना क्षेत्रको दीर्घकालीन विकासका लागि गुरुयोजना तयार गर्न तथा निकट भविष्यमा मनहरीमा आध्यात्मिक महोत्सव आयोजना गर्न मनकामना सनातन धर्म संरक्षण संस्थालाई सुझाव दिएका छन्।

संस्थाका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका–७ का वडाध्यक्ष ठाकुरराम तितुङ, नेपाली कांग्रेस मकवानपुरका सभापति प्रकाश बर्तौला, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष पदमबहादुर तितुङ लगायत स्थानीय समाजसेवी तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

पोखरेलले मनहरी बसाइँका क्रममा देवकोटसहित विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरूको समेत अवलोकन गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.