बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

हेटौंडा – मकवानपुरमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आज मकवानपुरगढी गाउँपालिका–२ मोरेस्थित गाउँमा बिजुली विस्तारका लागि ६ जना मिलेर फलामको पोल गाड्ने क्रममा उक्त पोल माथि रहेको हाईटेन्सन लाइनमा छुन पुगेको थियो। सोही क्रममा तीन जनालाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुर पठाइएको थियो। उपचारकै क्रममा मकवानपुरगढी–२ मापुङ निवासी अन्दाजी ३५ वर्षीय राजकुमार गोलेलाई आज साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

घाइतेमध्ये मकवानपुरगढी–७ सानडाँडा निवासी अन्दाजी ५५ वर्षीय मानबहादुर गोलेको अवस्था मध्यम रहेको छ भने मकवानपुरगढी–२ मोरे निवासी अन्दाजी ३० वर्षीय राजकुमार स्याङतानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.