काठमाडौँको दक्षिणकाली क्षेत्रमा आइतबार भएको एक दुःखद दुर्घटनामा एक जनाको ज्यान गएको छ। हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.ए.बि–५२८१ नम्बरको निजी कार दक्षिणकाली नगरपालिका–८ स्थित रानिभिरमा सडकबाट करिब ७ सय मिटर तल खस्दा दुर्घटना भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार दुर्घटनामा काठमाडौँ महानगरपालिका–७ निवासी ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर शव तथा सवारी साधन उद्धार गर्ने प्रयास गरिरहेको छ। घटनाको कारणबारे थप अनुसन्धान प्रहरी प्रभाग फर्पिङले सुरु गरेको जनाएको छ।
प्रतिकृया दिनुहोस्























































