हेटौँडामा ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

हेटौँडा–११ थानाभर्‍याङ क्षेत्रमा सोमबार राति भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका एक जवानको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गमा फलाम बोकेको ट्रकले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा प्रहरी सहायक हवल्दार किरण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

नवलपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ५२५२ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई राति करिब ८ बजे ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ३६ वर्षीय श्रेष्ठलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिएको भए पनि चिकित्सकले राति ८ः२५ बजे मृत घोषणा गरेका थिए।

मृतक श्रेष्ठ नुवाकोटको तादी गाउँपालिका–६ निवासी हुन्। उनी नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेमा कार्यरत थिए।

दुर्घटनामा संलग्न ट्रक चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ निवासी २४ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.