बागमती प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ देखि

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि आह्वान गर्ने तयारी गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङका अनुसार अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरिनेछ।

बैठकले मन्त्रालय संख्या घटाइएपछि प्रशासनिक कार्यसम्पादनलाई व्यवस्थित बनाउन प्रदेश सरकारको कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय पनि गरेको छ। नयाँ संरचनाअनुसार मन्त्रालयहरूको जिम्मेवारी स्पष्ट पार्न नियमावली परिमार्जन गरिने जनाइएको छ।

यसअघि वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने निर्णय गरेको थियो।

यस्तै, मन्त्रिपरिषद् बैठकले भक्तपुर अस्पतालमा डा. त्रिलोचन चन्द्र झा र धादिङ अस्पतालमा डा. नवीन मास्केलाई मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.