मकवानपुरमा इनार सफा गर्न पसेका व्यक्तिको दुःखद मृत्यु

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–८ साततल्लेमा इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय कालीमाया भोलनको घर पछाडि रहेको करिब २० फिट गहिरो व्यक्तिगत इनार सफा गर्ने क्रममा ठोटरीखोलाका ४५ वर्षीय मिनबहादुर योञ्जन बेहोस भएका थिए।

प्रहरीका अनुसार मिनबहादुर इनारभित्र पसेर सफाइ गरिरहेका बेला अक्सिजनको कमीका कारण अचेत भएका हुन्। उनीसँगै रहेका नविन योञ्जन र समिर वाइबा बाहिरबाट पानी तान्ने काममा संलग्न थिए।

घटनाको जानकारी प्राप्त भएपछि नेपाली सेनाको टोली उद्धारका लागि खटिएको थियो। साँझ करिब ६ः२० बजे सेनाको टोलीले इनारभित्र प्रवेश गरी मिनबहादुरलाई बाहिर निकालेको भए पनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.