सिकार खेल्न हिडेका मकवानपुरका थिङको गोली लागेर मृत्यु, एक पक्राउ

मकवानपुर मकवानपुरको मनहरीका सेते थिङको गोली लागेर मृत्यु भएको छ । मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय थिङको भरुवा बन्दुक पड्किँएपछि गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

थिङको राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर लाग्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोगटीले बताए ।

प्रहरी नायव उपरीक्षक बोगटीका अनुसार, थिङ र ब्लोन मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका थिए । सँगै सिकार गर्न गएका ब्लोन र सेते दुवै जनासँगै एक–एक थान भरुवा थियो । बन्दुक बोकेर जङ्गलमा सिकार गर्न हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि अचानक बन्दुक पड्किएको र पछिपछि आइरहेका थिङको बन्दुकको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिए । मृतकको परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.