रास्वपा जिल्ला अधिवेशनः बागमती–कोशीका १८ जिल्लाले पाए नयाँ सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन अभियानअन्तर्गत हालसम्म बागमती र कोशी प्रदेशका १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार पहिलो चरणमा सम्पन्न अधिवेशनबाट दुवै प्रदेशका नौ–नौ जिल्लाले नयाँ नेतृत्व पाएका हुन्।

बागमती प्रदेशमा काठमाडौँको नेतृत्व राजा शाक्यले सम्हाल्ने भएका छन् भने भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सञ्जिव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

प्रदेशका चितवन, रसुवा र ललितपुर जिल्लामा आइतबार अधिवेशन जारी रहेको आयोगले जनाएको छ। यता शनिबार सुरु भएको सिन्धुपाल्चोक जिल्ला अधिवेशन भने केही प्राविधिक कारणले स्थगित गरिएको छ।

कोशी प्रदेशमा सुनसरीको नेतृत्व सागर दाहालले पाएका छन्। त्यसैगरी झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुङ्गामा कृष्णबहादुर थापा जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

आयोगका प्रमुख केसीका अनुसार धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा पनि अधिवेशन प्रक्रिया जारी छ। आज मात्रै देशभरका २८ जिल्लामा रास्वपाको जिल्ला अधिवेशन सञ्चालन भइरहेको छ।

यसैबीच, केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवेशनमा प्रतिनिधित्वसम्बन्धी मापदण्डबारे स्पष्ट पार्दै अधिवेशन सम्पन्न नभएका पालिकाका विभागीय सदस्यलाई प्रतिनिधि बन्न नदिने निर्णय दोहोर्‍याएको छ। साथै, अधिवेशन सम्पन्न भइसकेका पालिकाका हकमा वैशाख १५ गतेअघि नियुक्त भएका विभागीय सदस्यले मात्र जिल्ला प्रतिनिधिको हैसियत प्राप्त गर्ने आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.