ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशामा अघि बढ्नुपर्ने बताएका छन्। उज्यालो नेपाल पार्टीको कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनलाई देश परिवर्तन गर्ने अवसरका रूपमा लिन आग्रह गरे। सही, इमानदार र जनउत्तरदायी नेतृत्व छान्न नागरिक सचेत हुनुपर्ने उनको भनाइ थियो।
उनले उज्यालो नेपाल पार्टी सानो अभियानबाट राष्ट्रिय स्तरमा फैलिँदै गएको बताए र नयाँ शक्तिहरू अहंकार त्यागेर एकताबद्ध हुनुपर्नेमा जोड दिए। सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ अघि बढ्नु नै साँचो एकता भएको उनले स्पष्ट पारे। साथै, ‘उज्यालो’ लाई जनजीवनसँग जोडेर गाउँ–गाउँसम्म पार्टीको सन्देश पुर्याउन कार्यकर्तालाई निर्देशन दिए।
प्रतिकृया दिनुहोस्




































